Sunrise appliances
Homeखेलकुदनेदरल्यान्ड्स युरो छनोट हुने बाटोमा

नेदरल्यान्ड्स युरो छनोट हुने बाटोमा

एथेन्स — नेदरल्यान्ड्सले युरो २०२४ मा छनोटको सम्भावना जीवन्त राख्न सोमबार ग्रिसलाई उसकै घरमा १–० ले हरायो । तनावपूर्ण खेलको अन्त्यतिर डच कप्तान भर्जिल भान डाइकले पेनाल्टीबाट निर्णायक गोल गरे ।

यो जितपछि छनोटको समूह ‘बी’ नेदरल्यान्ड्स दोस्रो स्थानमा उक्लेका छ । यस समूहको शीर्ष स्थानमा रहेको फ्रान्स यसअघि नै छनोट भइसकेको छ । नेदरल्यान्ड्स र ग्रिस समान अंकमा रहे पनि हेड टु हेडमा डच टिम अगाडि छ ।

सोमबारकै अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले पोर्चुगलले बोस्यिना हर्जगोभिनालाई सजिलै ५–० ले हराएको छ । बेल्जियम र स्विडेनबीचको खेल भने हाफ टाइममा सुरक्षाको कारण देखाएर रद्द गरिएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू