Sunrise appliances
Homeखेलकुदभेट्रान फुटबल अर्को साता

भेट्रान फुटबल अर्को साता

काठमाडौँ, २० पुस : कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

उक्त प्रतियागितामा ३२ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिए । चालिस वर्षभन्दा बढी उमेरका व्यक्ति प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू