Sunrise appliances
Homeखेलकुदन्युजिल्याण्डले नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै

न्युजिल्याण्डले नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौँ, ७ माघ : आइसिसी यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्याण्ड विरुद्धको खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा भरखरै भएको टसमा न्युजिल्यान्डका कप्तान ओस्कार ज्यासनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो । यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो । सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो । नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू