Sunrise appliances
Homeखेलकुदआर्मीविरुद्ध नेपाल प्रहरीको जित

आर्मीविरुद्ध नेपाल प्रहरीको जित

भैरहवा (रुपन्देही), ७ माघ : भैरहवामा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । भैरहवाको सिद्धार्थ क्रिकेट रनले पराजित गरेको छ ।

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले ३१ दशमलव चार ओभरमा आफ्ना सबै विकेट गुमाउँदै एक सय ४० रन बनायो । उसका लागि ओपनर सुनिल धमलाले ५२ रन बनाए । यस्तै आरिफ शेखले १८ रन बनाए ।

पहिलो पारीमा आर्मीका लागि सोमपाल कामीले ६ ओभरमा तीन मेडेनसहित मात्र १२ रन खर्चिए । यस क्रममा उहाँले चार विकेट लिए । यसैगरी, साहब आलम र विवके यादवले समान दुई÷दुई विकेट लिए ।

एक सय ४१ रनको लक्ष्य लिएको आर्मीका लागि पनि सुरुआत राम्रो भएन । प्रारम्भिक तीनजना ब्याटर शून्य रनमै आउट भएपछि आर्मी दबाबमा परेको थियो । तर भीम सार्की र कुशल मल्लले उत्कृष्ट ब्याटिङले टोलीलाई बलियो स्थितिमा पुगेको थियो । भीमले ७६ बल खेल्दै ६ चौकाको सहयोगमा ५२ रन हान्दा कुशल मल्लले ४८ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३५ रन बनाए ।

कुशल र भीमको जोडी टुटेपछि भने पुलिसलाई जित सहज बन्यो । आर्मीका लागि विनोद भण्डारी १९ रन बनाए भने अन्य ब्याटरले दोहोर अङ्क बनाउन सकेनन् । आर्मी ३३ ओभरमा अलआउट हुँदै एक सय २७ रनमा समेटियो ।

दुवै टोलीमा राष्ट्रिय खेलाडी धेरै रहेकाले आजको खेल हेर्न सिद्धार्थ क्रिकेट रङ्गशालामा दर्शकको घुइँचो लागेको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू