Sunrise appliances
Homeखेलकुदसन्दीप लामिछानेको पक्षमा समर्थकको नाराबाजी,५ जना पक्राउ

सन्दीप लामिछानेको पक्षमा समर्थकको नाराबाजी,५ जना पक्राउ

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असहज अवस्था सिर्जना भएको छ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना भएको हो । जसका कारण प्रहरीले हस्तक्षेप नै गर्नुपरेको बताइएको छ । 

नेपाल र क्यानडाबीचको खेल हेर्न पुगेका केही दर्शकले सन्दीपलाई सजाय दिइएको विषयमा असन्तुष्टि जनाउँदै उनको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरेको बताइएको छ । नेपाल क्रिकेट संघ क्यानले लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै निलम्बनको निर्णय गरिसकेको छ । त्यसयता लामिछाने खेल गतिविधिबाट बाहिर छन् । उसो त लामिछानेले नै पनि निलम्बन अघि नै क्यानलाई पत्र पठाएर क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए । 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ भने अहिले क्यानडा जवाफी ब्याटिङमा छ । 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू