Sunrise appliances
Homeखेलकुदनेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

नेपालविरुद्ध क्यानडा ब्याटिङ गर्दै, आकाशको डेब्यु

काठमाडौँ, २७ माघ : एकदिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो । क्यानडाविरुद्धको खेलमा नेपालका १९ वर्षीय आकाश चन्दले डेब्यु गरेका छन् । उनले ललितनारायण राजवंशीको स्थान लिँदै आजको खेलमा डेब्यु गरेका हुन् । चन्द नेपाली सिनियर टोलीबाट एकदिवसीय खेल खेल्ने ४०औँ खेलाडी बनेका छन् । उनलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरले ‘क्याप’ दिए । आइसिसी यु–१९ विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि चन्द सिनियर टोलीमा स्थान बनाउन सफल भएका हुन् । क्यानडाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीमा चन्दसँगै रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ र अनिलकुमार साह रहेका छन् । क्यानडाले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा बिनाकुनै विकेट ४० रन बनाएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू