Sunrise appliances
Homeखेलकुदनामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबिचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु भइसकेकाे छ । खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ राेजेको छ ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।

यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू