Sunrise appliances
Homeखेलकुदएकै ओभरमा सोमपालले लिए दुई विकेट

एकै ओभरमा सोमपालले लिए दुई विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ । सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका हुन् ।

उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।

यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट गरेका हुन् । उनले निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू