Sunrise appliances
Homeखेलकुदतेस्रो बलमा नै नेपाललाई सफलता

तेस्रो बलमा नै नेपाललाई सफलता

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । पहिलो ओभरमा नै नेपालले विकेट लिन सफल भएको हो ।तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका हुन् । नेदरल्यान्ड्सले कुनै पनि रन नबनाई पहिलो विकेट गुमाउन पुगेको छ । आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू