Sunrise appliances
Homeकाठमाडौंत्रिकोणात्मक टि–२०ः पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

त्रिकोणात्मक टि–२०ः पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ, त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । जितसँगै नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पपुवा न्युगिनीका लागि हिरी हिरीले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने प्रतिश जिसीले दुई विकेट झारे । त्यस्तै आकाश चन्द र गुल्सन झाले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भूर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान दिएर नेपालको प्रतिष्ठा बढाएका हुन् ।

यसैगरी, सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६ रन बनाए भने विनोद भण्डारीले २७ रन जोडे । विवेक यादवले १९, गुल्सन झाले १५ तथा लोकेश बमले १४ रन बनाए । पपुवा न्युगिनीका लागि कप्तान असाद भालाले दुई विकेट लिँदा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक–एक विकेट लिए ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू