Sunrise appliances
Homeखेलकुदइटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाइनलमा

इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाइनलमा

धरान, चैत १४ । इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन् । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए ।

खेलको ३७ औ मिनेटमा अबयोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १-० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२ औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।

मङ्गलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू