Sunrise appliances
Homeकाठमाडौंवडा नं १० को आयोजनामा आज बाट प्रथम कीर्तिपुर ब्याडमिन्टन प्रतियोगिता सुरु

वडा नं १० को आयोजनामा आज बाट प्रथम कीर्तिपुर ब्याडमिन्टन प्रतियोगिता सुरु

कीर्तिपुर नगरपालिका स्थित वडा नं १० ले जिफागलको ब्याडमिन्टन कोर्टमा प्रथम कीर्तिपुर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । वडा नं १० कै खेलकुद उपसमिति सँग संयुक्त सहकार्य गरी स्वास्थ्य र मित्रताको लागी खेलकुद भन्ने नाराका साथ आज बाट सुरुवात भएको प्रतियोगिता असार ८ गते सम्म चल्ने छ । प्रतियोगिताको समुदघाटन वडा अध्यक्ष नरेश महर्जनको प्रमुख आतिथ्यतामा, खेल संयोजक र नगर सदस्य कबिन महर्जन र रबिन्द्र महर्जनको उपस्थितिमा भएको थियो भने कार्यक्रम सञ्चालन पुष्प रत्न बज्रचायले गरेका थिए । ब्याडमिन्टनको राष्ट्रिय रेफ्री ओम मुनि बज्राचार्यलाई वडा अध्यक्ष द्धारा कक र ब्याट हस्तान्तरण गरी खेलको उद्घाटन गरिएको थियो ।

कीर्तिपुर वडा नं १० भित्रका खुल्ला (डबल) र कीर्तिपुर नगरव्यापी १५ वर्ष मुनिका (सिंगल) गरी प्रतियोगितालाई २ श्रेणीमा खेलाइँदै छ । कीर्तिपुर वडा नं १० भित्रका खुल्ला (डबल) अन्र्तगत १६ वटा टिममा ३२ जना खेलाडी रहेका छन् भने कीर्तिपुर नगरव्यापी १५ वर्ष मुनिका (सिंगल) मा १६ जना खेलाडी रहेका छन् । आज सम्पन्न भएको वडा नं १० को खुल्ला अन्र्तगत डबलमा पहिलो चरणका बिजेता विविसेन महर्जन, राजकपुर महर्जन दोस्रो चरणको खेल बराबरीमा टुगिंएको थियो भने तेस्रो चरणका बिजेता रमित महर्जन, राम महर्जन र चौथौ चरणका बिजेता कबिन महर्जन, सुमन श्रेष्ठ भएका छन् ।


प्रथम पटक वडा स्तरिय खेलकुदको आयोजना गरिएपनि यस प्रतियोगिताले वडा स्तरीय खेलाडीहरुलाई थप हौसला प्रदान गर्ने सकिने राष्ट्रिय र प्रदेश स्तरको खेलहरुमा भाग लिनको लागी थप हौस्याउने सहयोग पुराउने नगर खेलकुद समितिको सदस्य कबिन महर्जनले बताए । यस प्रतियोगितालाई सहयोग र व्यवस्थापन गर्ने जिफाःगल ब्याटमिन्टन पुःचले पनि सहयोग गरेको छ । भोलिको खेल बिहान ५ः३० बजे देखि ८ बजे सम्म हुने छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू