कीर्तिपुर नगरपालिका वडा नं १० ले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगिताको आज समापन भएको छ । कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यको विशेष आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा वडा नं १० का अध्यक्ष नरेश महर्जन, वडा सचिव सृजना महर्जन, वडा सदस्य राज्यलक्ष्मी शाक्य, मञ्जु परियार, नगर खेलकुद सदस्य इच्छा महर्जन, कबिन महर्जन, कीर्तिपुर ब्याटमिन्टन क्लबका सदस्य चन्दन महर्जनको उपस्थिति रहेको थियो ।
एक साता देखि चलिरहेको यस प्रतियोगिताको उपाधि डबल तर्फ सबिन्द्र महर्जन र श्याम प्रसाद महर्जनले हात पारे भने अन्डर १५ का बिजेताका उपाधि गगन बिकले पाउन सफल भए । त्यस्तै क्रमशः डबल तर्फ कृष महर्जन र उज्जवल महर्जनले दोस्रो स्थानमा चित्त बुझाउनु प¥यो तेस्रो स्थानमा रमित महर्जन, राम महर्जन र इलन महर्जन, सन्तोष बज्राचार्य ले हात पारे । अन्डर १५ तर्फ समन्तमद बज्राचार्य दोस्रो, सुज्रेन महर्जन र निपुन महर्जन तेस्रो भएका छन् । बिजेता खेलाडीहरुलाई पुरस्कार स्वरुप मेडल,ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार क्रमश ८ हजार, ६ हजार र ४ हजार हस्तान्तरण गरिएको थियो ।
ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार बितरण समारोहलाई संक्षिप्त सम्बोधन गर्नुहुँदै कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले खेल हरेक तहका मानिसहरुको लागी उत्तिकै महत्वपुर्ण रहेको बताइन् । आजभोली बच्चाहरु मोबाइल ट्याब्लेट चलाउन मै बढी सक्रिय रहेका छन् , पढाईमा मात्र नभई अतिरिक्त क्रियाकलापहरुमा पनि उत्तिकै सक्रियता गराउनु पर्छ । नगरपालिकाले स्कुलका शिक्षकहरु मार्फत पनि विभिन्न खेलकुद सम्बन्धि तालिमहरु सञ्चालनमा ल्याएको छ । यस्ता खेलहरुलाई आगामी दिनमा पनि बढावा दिन पर्ने, यही बढावाले वडा स्तरीय मात्र नभई राष्ट्रिय स्तरको खेलहरुमा पनि खेल्न बाटो खुल्ने शाक्यले बताइन् ।