खोटाङकी निर्मला राईले २८ किलोमिटर लामो पाँचपोखरी महिला ट्रेल रेसको उपाधि जित्दै आफ्नो नाम अग्रस्थानमा राखेकी छिन। उनले उक्त दूरी २ घण्टा २८ मिनेटमा पूरा गरिन। उनको यो शानदार प्रदर्शनले उनलाई प्रतियोगिताको पहिलो स्थानमा पुर्यायो। आेखलढुङ्गाकी लाक्मा निङ्मा शेर्पाले २ घण्टा ४० मिनेटको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् भने हेलम्बुकी नितु तामाङले २ घण्टा ५० मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थानमा रहिन्।
प्रतियोगितामा चौथो स्थान मेलम्ची, सिन्धुपाल्चोककी अस्मिता भुजेलले ३ घण्टा ११ मिनेटमा दूरी पार गरेकी हुन्, जबकि रोल्पाकी आश्मा विकले ३ घण्टा १८ मिनेटमा दौड पूरा गर्दै पाँचौं स्थान प्राप्त गरिन्।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम हुने निर्मला राईले ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् भने दोस्रो स्थानकी लाक्मा निङ्मा शेर्पाले २५ हजार, तेस्रो स्थानकी नितु तामाङले १५ हजार, चौथो स्थानकी अस्मिता भुजेलले १० हजार, र पाँचौं स्थानकी आश्मा विकले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित उपसभामुख इन्दिरा रानाले विजेताहरूलाई पुरस्कार वितरण गरेकी थिइन्।