Sunrise appliances
Homeकाठमाडौंसाफ वुमन्स च्याम्पियनसिपमा नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेश पुनः च्याम्पियन

साफ वुमन्स च्याम्पियनसिपमा नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेश पुनः च्याम्पियन

बंगलादेशले साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्दै पुनः आफ्नो वर्चस्व कायम राखेको छ। बुधबार साँझ काठमाडौँको दशरथ रंगशालामा हजारौँ दर्शकमाझ भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो पटक च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

बंगलादेशको जितमा मोनिका चक्मा र रितु पोर्ना चक्माको गोल निर्णायक बन्यो। खेलको पहिलो हाफमा दुवै टोलीले गोल रहित प्रदर्शन गरे पनि दोस्रो हाफमा आक्रामक खेल देखिएको थियो। दोस्रो हाफमा मोनिका चक्माले बंगलादेशका लागि पहिलो गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि रितु पोर्ना चक्माले थप एक गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरिन्। नेपालका लागि अमिशा कार्कीले गोल फर्काए पनि त्यसले खेलको नतिजा उल्ट्याउन सकेन, जसले गर्दा नेपालको हार निश्चित भयो।

यसअघि सन् २०२२ को संस्करणमा पनि बंगलादेशले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि नेपालले फाइनलमा पराजय बेहोरेसँगै नेपाली महिला फुटबल टोलीको १२ औँ फाइनलमा हारको इतिहास दोहोरियो। नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि फाइनलको दबाबलाई पार गर्न नसक्दा पुनः उपविजेतामै सिमित रहनु परेको हो।

नेपाली महिला फुटबल टोलीको यो निरन्तरको फाइनल हारले देशको महिला फुटबललाई थप सुधार र तयारीको आवश्यकता रहेको संकेत गरेको छ। दर्शकहरूबीचको उत्साहजनक समर्थनका बाबजुद नेपाललाई उपाधि दिलाउन नसक्दा फुटबलप्रेमीहरूमा केही निराशा भने छाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू