Sunrise appliances
Homeखेलकुदनेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशा खड्गीको क्यान्सरका कारण निधन, खेल क्षेत्रमा शोक

नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशा खड्गीको क्यान्सरका कारण निधन, खेल क्षेत्रमा शोक

काठमाडौँ — नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिइन्। ३० वर्षीया सेलिशाको शुक्रबार कीर्तिपुरमा पारिवारिक सदस्यहरू र खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति बीच अन्त्येष्टि गरिएको हो।

टेबलटेनिस प्रशिक्षक राकेश महर्जनका अनुसार, सेलिशा खेल जीवनमा उत्कृष्ट उपलब्धि हासिल गरेकी खेलाडी थिइन्। उनले २०१५ मा थाइल्यान्डको पटायामा सम्पन्न एसियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्। त्यसैगरी, २०१६ मा भारतमा आयोजना भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पनि सहभागिता जनाउँदै आफ्नो देशको प्रतिष्ठा बढाएकी थिइन्।

उनको योगदान त्यसपछि पनि जारी रह्यो। सन् २००९ मा भारतको जयपुरमा सम्पन्न ओएजीसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा उनले नेपाललाई कांस्य पदक दिलाएकी थिइन्, जुन उनको खेलकुद क्षेत्रमा समर्पण र लगनशिलताको प्रतीक मानिन्छ।

सेलिशा खड्गीको निधनले नेपाली टेबलटेनिस क्षेत्रले एक होनहार खेलाडी गुमाएको छ। खेलकुदमा योगदान पु¥याएकी सेलिशाको स्मरणमा नेपाली खेल जगत र उनका समर्थकहरूले गहिरो शोक प्रकट गरेका छन्।

तस्बिर : इ कान्तिपुर

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू