Sunrise appliances
Homeखेलकुदढाकामा सम्पन्न दक्षिण एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागि नेपाली खेलाडी सम्मानित

ढाकामा सम्पन्न दक्षिण एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागि नेपाली खेलाडी सम्मानित

नेपालका प्रोफेशनल बक्सिङ खेलाडीलाई ललितपुरमा आयोजित एक विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ। जेन जि फाइट नाइट दक्षिण एसियाली बक्सिङ च्याम्पियनसिपमा नेपाललाई प्रतिनिधित्व गरेका खेलाडीहरूलाई नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले संयुक्त रूपमा सम्मान गरेको हो।

गत शनिबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न च्याम्पियनसिपमा ६१ केजी तौल समूहमा विजेता बनेका अनिल कुमार पुन मगर, ५९ केजी तौल समूहमा सहभागी पुरन राई, र ६३ केजी तौल समूहका प्रतिस्पर्धी महेन्द्र बहादुर चन्दलाई नगद पुरस्कारसहित कदरपत्र प्रदान गरियो। साथै, उनीहरूको प्रशिक्षणमा महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षक प्रेम पाउजुलाई पनि सम्मान गरियो।

सो अवसरमा वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्स पूरा गरी नेपालकै पहिलो प्रोफेशनल बक्सिङ रेफ्री बन्न सफल राजन प्रजापतिलाई पनि कदर गरिएको थियो। उनले ढाकामा सम्पन्न च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा सिल्क ट्रान्सपोर्टका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले नेपालमा व्यवसायिक बक्सिङ र खेलाडीहरूको प्रगतिको लागि कम्पनीले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसनसँग सहकार्य गर्दै खेलकुदको विकासका लागि थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो सम्मान कार्यक्रममा वरिष्ठ प्रशिक्षक, खेलाडी तथा बक्सिङका विभिन्न क्षेत्रका करिब ४० जना सहभागी थिए। कार्यक्रमले नेपालमा व्यवसायिक बक्सिङको प्रवर्द्धन र खेलाडीहरूको हौसला अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू