Luniva Global
Homeकाठमाडौंदोस्रो NAPFS इन्टर स्कूल सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता–2081: ब्राइट होराइजन...

दोस्रो NAPFS इन्टर स्कूल सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता–2081: ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी, एपीएफ स्कुल कोहलपुर र डी.ए.भी. स्कुल जावलाखेलको रोमाञ्चक बराबरी

कीर्तिपुर, माघ २४ – दोस्रो NAPFS इन्टर स्कूल सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता–2081 अन्तर्गत हिजाे सम्पन्न खेलमा ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातिर्थ विजयी भएको छ भने डी.ए.भी. सुशील केडिया स्कुल, जावलाखेल र नेपाल एपीएफ स्कुल, कोहलपुरबीचको प्रतिस्पर्धा रोमाञ्चक बराबरीमा टुंगिएको छ।

पहिलो खेलमा ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातिर्थले बाघभैरव सेकेन्डरी स्कुल, कीर्तिपुरलाई २-० को अन्तरले पराजित गरेको छ। ब्राइट होराइजनका लागि कैलाश आले मगर र प्रवेश ठकुरीले समान १-१ गोल गर्दै टिमलाई विजयी गराए।

त्यस्तै, दोस्रो खेलमा डी.ए.भी. सुशील केडिया स्कुल, जावलाखेल र नेपाल एपीएफ स्कुल, कोहलपुरबीचको खेल ३-३ को बराबरीमा सकियो। डी.ए.भी. स्कुलका लागि अनुज थापाले २ गोल तथा मानश बमले १ गोल गरेका थिए भने नेपाल एपीएफ स्कुलका मिराज सुनारले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ह्याट्रिक पूरा गरे।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो। नेपाल एपीएफ स्कुल, कोहलपुरका मिराज सुनार र ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातिर्थका विनोद गुरुङलाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै विद्यालयका प्रधानाध्यापक युवराज पराजुली र स्कुल सुरक्षा बेसका प्रमुख सप्रनि मनोज विष्टले ट्रफी प्रदान गरे।

आज माघ २५ गते हुने खेलहरू:
१. जनसेवा सेकेन्डरी स्कुल, कीर्तिपुर विरुद्ध सांग्रीला पब्लिक स्कुल, काठमाडौं।
२. जेम्स स्कुल विरुद्ध सैनिक आवासीय महाविद्यालय।
३. नेपाल पुलिस स्कुल, साँगा विरुद्ध ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातिर्थ।

प्रतियोगिताका खेलहरू दिन प्रतिदिन थप प्रतिस्पर्धात्मक बन्दै गएका छन्, जसले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने उत्कृष्ट अवसर प्रदान गरिरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू