Luniva Global
Homeकाठमाडौंदोस्रो NAPFS अन्तरविद्यालयीय सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता: नेपाल एपीएफ स्कुल...

दोस्रो NAPFS अन्तरविद्यालयीय सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता: नेपाल एपीएफ स्कुल (B) र ग्रिन भिलेजबीच रोमाञ्चक बराबरी

कीर्तिपुर, माघ २६ – दोस्रो NAPFS अन्तरविद्यालयीय सशस्त्र IG रनिङ ट्रफी फुटबल प्रतियोगिता–2081 अन्तर्गत नेपाल एपीएफ स्कुल कीर्तिपुर (B) र ग्रिन भिलेज एजुकेशन फाउण्डेशन, कीर्तिपुरबीच भएको प्रतिस्पर्धात्मक खेल २-२ गोलको बराबरीमा टुङ्गिएको छ।

खेलको सुरुआतमा ग्रिन भिलेजका खेलाडी सोपनिल बस्नेतले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए, तर केही समयपछि सोही टिमको खेलाडीबाट आत्मघाती गोल भएपछि खेल बराबरीको स्थितिमा पुग्यो। त्यसपछि ग्रिन भिलेजका आशिष चन्दले दोस्रो गोल गर्दै पुनः अग्रता दिलाए, तर नेपाल एपीएफ स्कुलका सुभायु श्रेष्ठले सशक्त प्रहार गर्दै टिमलाई बराबरीमा ल्याए

खेलमा उत्कृष्ट प्रदर्शन गरेका ग्रिन भिलेजका सोपनिल श्रेष्ठलाई ‘Player of the Match’ घोषित गर्दै विद्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गरे

प्रतियोगिताअन्तर्गत भोलिदेखि प्रिक्वाटरफाइनल चरणका खेलहरू सञ्चालन हुनेछन्, जसमा उत्कृष्ट टिमहरूबीच थप प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू