Luniva Global
Homeकाठमाडौंदोस्रो NAPFS अन्तरविद्यालय सशस्त्र आईजी रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८१: ब्राईट होराईन...

दोस्रो NAPFS अन्तरविद्यालय सशस्त्र आईजी रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८१: ब्राईट होराईन चिल्ड्रेन्स होम र सैनिक आवासीय महाविद्यालय सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २०८१ फाल्गुन १ – “दोस्रो NAPFS अन्तरविद्यालय सशस्त्र आईजी रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८१” अन्तर्गत आज सम्पन्न क्वार्टरफाइनल खेलमा ब्राईट होराईन चिल्ड्रेन्स होम, मातातिर्थ र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा ब्राईट होराईन चिल्ड्रेन्स होम, मातातिर्थले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन स्कुल, कीर्तिपुरलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। निर्धारित समयसम्म १–१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरमार्फत भएको थियो।

त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले जनसेवा सेकेन्डरी स्कुल, कीर्तिपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। सैनिक आवासीय महाविद्यालयका इसान तामाङ, सफल थापा, र रोजित खत्रीले १/१ गोल गर्दै टोलीलाई जित दिलाए।

यसै अवसरमा, ब्राईट होराईन चिल्ड्रेन्स होमका सन्देश महतरा र सैनिक आवासीय महाविद्यालयका सुदिप देवकोटा उत्कृष्ट प्रदर्शन गर्दै ‘Player of the Match’ घोषित भए। उनीहरूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गर्नुभएको थियो।

भोलि मिति २०८१ फाल्गुन २ गते हुने क्वार्टरफाइनल खेलहरु:
१. नेपाल एपीएफ स्कुल, कीर्तिपुर (B) vs नेपाल पुलिस स्कुल, साँगा
२. नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) vs नेपाल एपीएफ स्कुल, कोहलपुर

प्रतियोगिताका आगामी खेलहरूप्रति विद्यार्थी तथा खेलप्रेमी दर्शकहरूको उत्साह उच्च देखिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू