Luniva Global
Homeकाठमाडौंनेपाल एपीएफ स्कुल कीर्तिपुर (A) र नेपाल पुलिस स्कुल साँगा सेमिफाइनलमा प्रवेश

नेपाल एपीएफ स्कुल कीर्तिपुर (A) र नेपाल पुलिस स्कुल साँगा सेमिफाइनलमा प्रवेश

कीर्तिपुर, २ फाल्गुन – नेपाल एपीएफ स्कुल, कीर्तिपुरको स्थापना दिवसको अवसरमा आयोजित “2nd NAPFS Inter School IG Running Trophy Football Tournament-2081” अन्तर्गत आज सम्पन्न क्वार्टरफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगा र नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज भएको पहिलो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले नेपाल एपीएफ स्कुल, कीर्तिपुर (B) लाई ४-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो। साँगाका उत्सव खड्का, दिप्सन पाण्डे, सिवन पराजुली र मनिष वनराइतले समान १/१ गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए।

त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) ले नेपाल एपीएफ स्कुल, कोहलपुरलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्‍यो। कीर्तिपुर (A) का लागि प्रिन्स मोक्तान र विकास बोहोराले १/१ गोल गरे।


आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिस स्कुल, साँगाका दिप्सन खड्का र नेपाल एपीएफ स्कुल, कोहलपुरका मानव खत्रीलाई Player of the Match उपाधिबाट सम्मान गरियो। ट्रफी विद्यालय सुरक्षा बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोज विष्ट र विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार प्याकुरेले प्रदान गरे।

उक्त प्रतियोगिता नेपाल एपीएफ स्कुल, कीर्तिपुरको स्थापना दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशी राज दाहालको प्रमुख आतिथ्यतामा प्रारम्भ भएको हो। समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक एवं संगठन प्रमुख राजु अर्याल प्रमुख अतिथिका रूपमा रहनेछन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू