काठमाडौं, २०८१ फागुन ४ – 2nd NAPFS Inter School IG Running Trophy Football Tournament-2081 अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीले ब्राइट होराइजन चिल्ड्रेन्स होम, मातातिर्थलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

सैनिक आवासीय महाविद्यालयका लागि रोजित खत्री र सफल थापाले १/१ गोल गर्दै टिमलाई विजयी गराए। ब्राइट होराइजन चिल्ड्रेन्स होमका विरेन्द्र उपाध्यायले एक गोल फर्काए पनि टोली पराजित हुन पुग्यो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सैनिक आवासीय महाविद्यालयका एलन थापालाई ‘प्लेयर अफ द म्याच’ घोषित गर्दै विद्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र महर्जनले ट्रफी प्रदान गरे।

यसै प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि, २०८१ फागुन ५ गते बिहान ९:१५ बजे नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) र नेपाल पुलिस स्कुल, साँगाबीच प्रतिस्पर्धा हुने छ।