कीर्तिपुर, २०८१ फागुन ५ – “2nd NAPFS Inter School IG Running Trophy Football Tournament-2081” अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) ले शानदार प्रदर्शन गर्दै नेपाल पुलिस स्कुल, साँगा लाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) का विकास बोहोरा, तेन्जिङ्ग शेर्पा, दिपेश गुरुङ्ग र सागर खत्री ले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै समान १-१ गोल गरेका थिए।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेवापत नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) का खेलाडी सागर खत्री लाई विद्यालयका प्रधानाचार्य युवराज पराजुली ले Player of the Match ट्रफी प्रदान गरेका थिए।

अब नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) उपाधि उचाल्ने लक्ष्यसहित फाइनल खेलमा उत्रिनेछ।

