काठमाडौं, २०८१ फागुन ६ – “2nd NAPFS Inter School IG Running Trophy Football Tournament-२०८१” अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल पुलिस स्कुल, साँगाले ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थलाई १-० को झिनो अन्तरले पराजित गर्दै तेस्रो स्थान सुनिश्चित गरेको छ।

निर्णायक गोल खेलको पहिलो हाफमा नेपाल पुलिस स्कुलका रोनि विर बिक्रम शाह ले गरेका थिए, जसले टोलीलाई जिततर्फ डोहो¥यायो। उत्कृष्ट प्रदर्शन गरेका शाहलाई विद्यालयका सशस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र महर्जनले “Player of the Match” ट्रफी प्रदान गरे।

यस प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल आगामी २०८१ फागुन ८ गते नेपाल एपीएफ स्कुल, कीर्तिपुर (A) र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरबीच सम्पन्न हुनेछ।

