कीर्तिपुर, फागुन ८ – नेपाल एपीएफ स्कूल कीर्तिपुरले आफ्नो गौरवशाली २०औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा आयोजित “दोस्रो नेपाल एपीएफ स्कूल अन्तर(विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८१” को समापन समारोह सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै नेपाल एपीएफ स्कूल ले उपाधि आफ्नो हात पार्न सफल भएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद प्रति रुचि अभिवृद्धि गर्दै अनुशासन, टीम वर्क, र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपाल एपीएफ स्कूलको शैक्षिक र खेलकुद क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा यस्ता प्रतियोगिताले विद्यार्थीहरूको बहुपक्षीय विकासलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

नेपाल एपीएफ स्कूलले २० वर्षको यात्रामा हासिल गरेको सफलता र अनुशासनयुक्त शैक्षिक वातावरणलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै, विद्यालय प्रशासनले आगामी दिनमा अझ बढी प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।



