Luniva Global
Homeखेलकुदप्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ, २५ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने अपेक्षा गरिएको बताउनुभएको छ । आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग विश्वभरका प्रशंसकहरूको समर्थन रहेको छ । विगतमा टोलीले देखाएका चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको छ । सिङ्गो राष्ट्रका तर्फबाट प्रधानमन्त्रीले नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै ‘विजयी भवः’भन्नुभएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू