Sunrise appliances
Homeकाठमाडौंधिमे बाजा प्रशिक्षण सुरु

धिमे बाजा प्रशिक्षण सुरु


नयाँ बजार धिमेखलद्घारा गत १८ गतेबाट धिमे बाजा प्रशिक्षण क्रार्यकम विधिवत रुपमा सुरु गरिएको छ। अध्यक्ष नरेश महर्जन तथा पर्यटन तथा सँस्कृति संयोजक गुरुहरुलाई धिमे बोलको पुस्तक हस्तान्तरण गरी उक्त क्रार्यकमको शुभारम्भ गरिएको थियो। सूर्य मुनि बज्राचार्य र चन्द्रमुनि बज्राचार्य संयोजकमा किर्तिपुर नगरपालिका वडा नं १० को नयाँ बजार क्लव भवनमा उक्त प्रशिक्षण सुरु गरिएको हो। राजेन्द्र महर्जन,कबिन महर्जन,राजन महर्जन साथै रमित महर्जन गुरुहरु द्घारा प्रशिक्षण गराईने क्रार्यकम चार महिना सम्म निरन्तर बेलुका सात बजे देखि नौ बजे सम्म हुने जानकारी गराईको छ। कार्यक्रम उदघाटनको क्रममा अध्यक्ष ज्यूले उक्त प्रशिक्षण नगरपालिका पर्यटन तथा सँस्कृति संयोजनको एक हिस्सा रहेको साथ साथै यस परिक्षणको क्रममा नगरले सक्ने सहयोग गर्ने कुरा प्रस्टाउँदै प्रशिक्षर्थीहरुलाई शुभकामना व्यक्त्त गर्नु भएको थियो। क्रार्यकममा उपस्थित गुरुज्यूले धिमे सिक्ने बेला पालना गर्नु पर्ने निति नियमको बारे आवश्यक जानकारी समेत प्रस्टाउदै धिमे बाजा बोल र सिकाउने तरिका बारे विभिन्न कुरा बताउनु भएको थियो। अन्तत क्रार्यकमको अन्तिम चरणमा नेवारी परम्परा अनुसार समयवजीको समेत व्यवस्था गरिएको थियो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू